करार खेतीको प्रचलन बढ्दै


सिरहा, पुस ६ । सिरहा जिल्लाका भगवानपुर गाउँपालिका वार्ड नं. १ का मुसहर समुदायका महिलाहरु अरुको खेतमा ज्याला मजदूरी होईन आफनै खेतीपातीमा व्यस्त हुन थालेका छन ।

उनीहरुको आर्थिक समाजिक विकास गर्न करारमा जग्गा लिई खेती गर्न थालेका हुन् । अगुवा किसान लडु वती सदायले राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केएर नेपालको साझेदारीमा संचालित खाद्य अधिकार परियोजान मार्फत जिल्ला सिरहा साविक गा.वि.स. भगवानपुरमा रहेको दलित महिला कृषक समूहद्घारा ४ विगहा जग्गा भाडामा लिई ४० घर परिवार मुसहर महिलाद्घारा २०७२ साल देखि  नमूना करार खेती गर्दै आएको बताइन् ।

सिरहा जिल्ला समन्व समितिको प्रमूख रामचन्द्र ठाकुर, उपप्रमूख सरोज कुमार यादव, जिल्ला समन्व समिति कार्यक्रम अधिकृत मो. सुल्तान राही, जिल्ला पशु सेवा कार्यालयको डा.रामगुलाम यादव र गोबिन्द मिश्र, जिल्ला कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत राम अवतार यादव, राष्ट्रिय कृषक समूह महासंघ नेपालको केन्द्रिय महासचिव नवराज बस्नेत, केएर नेपालको जिल्ला संयोजक रहम्त हुसैन भगवानपुर गा.पा. अध्यक्ष बेचन प्रसाद यादव, जिल्ला महासंघ अध्यक्ष मुतिनारायण यादवले नमुना करार खेतीको संयुतरुपमा अवलोकन गरेका छन् ।
संयुत अनुगमनमा जिल्लाका सरोकारवाला निकायहरुले यस कारार खेतीलाई अन्य क्षेत्रहरुमा पनि विस्तार गर्नु पर्ने र सोको लागि आफनो तर्फवाट सहयोग गर्ने प्रतिवद्घता जाहेर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा नाकाबाट सवा २ करोडको जडीबुटी निर्यात
‘मेरो शेयर’को पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् रिसेट
तेह्रथुम पावरको आइपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन?
मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड गर्ने तयारी, कति जनाले पाउँदै छन् ?