साना दललाई समेटेर अघि बढ्न झापाका महिला नेतृको सुझाव (भिडियो सहित)


बिर्तामोड, कात्तिक १८ । संघीयताको कार्यान्वयनका लागि साना दललाई पनि समेटेर अघि बढ्न झापाका महिला नेतृहरुले राजनीतिक दललाई सुझाव दिएका छन् ।

https://www.youtube.com/watch?v=u8bIOp0kxqM

संवाद समूहको सचिवालय झापाले शनिबार आयोजना गरेको संघीयताको कार्यान्वयनमा राजनीतिक दलको भूमिका विषयक छलफलमा सहभागी महिला नेतृहरुले यस्तो सुझाव दिएका हुन् । स–साना दललाई संघीयता कार्यान्वयनका लागि एक ठाउँमा नउभ्याउने हो भने त्यो घातक सिद्ध हुने उनीहरुको साझा धारणा छ । कार्यक्रममा सहभागी नेकपा (एमाले) की नेतृ जसमाया गजमेरले संघीयता कार्यान्वयनका लागि संविधानले नै सुनिश्चित गरेको कुरालाई कार्यान्वयन गर्नु पर्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी नेतृ लक्ष्मी न्यौपाने सरुले महिलाका मुद्धा स्थापित नभएसम्म संघीयता कार्यान्वयन हुन नसक्ने धारणा राख्नुभयो । वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईले संघीयतामा जाँदा सबै दल र वर्गलाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । महिला मुक्ति अभियानकी संस्थापक अध्यक्ष राधा सुब्बाले महिलालाई समानाुपतिक रुपमा भएपनि स्थान दिनुपर्ने र सवैलाई मिलाएर अघि बढेमात्रै संघीयता कार्यान्वयनमा सहजता हुने धारणा राख्नुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता विमलीले दल एक ठाउँमा नउभिएसम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन आफैंमा चुनौतिपूर्ण विषय रहेको बताउदै यसको कार्यान्वयनका लागि दलले जनस्तरसम्म पुगेर सवै वर्ग, क्षेत्र र समुदायलाई यसका विषयमा जानकारी गराउदै सवैका अधिकारलाई एक ठाउँमा केन्द्रीकृत गर्नु पर्ने बताउनुभयो । राप्रपाकी नेतृ शारदा रिजालले समान सहभागीताका लागि संघीयता उत्तम विकल्प भएपनि सवैले यो विषय अझैंपनि नबुझेकाले सवैलाई वुझाएर समान सहभागीतामा संघीयताको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
कार्याक्रममा वोल्दै संघीय समाजवादीकी नेतृ संगीता रौनियारले संघीयता कार्यान्वयन गराउन नेताले नै नबुजेको भन्दै उनीहरुले यस विषयमा अझ गहन अध्ययन गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–अहिलेसम्म नेताहरुनै संघीयताको कुरा नवुझेकोे अबस्था छ त्यसैले संघीयता कार्यान्वयन गर्ने विषय जटिल छ । वीरता लेडी जेसीज बिर्तामोडकी पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले संघीयता कार्यान्वयनमा सवै वर्ग र क्षेत्रको समान सहभागीता रहनुपर्ने धारणा राख्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काेराेना कहर : झापामा लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
झापामा थपिए १९० संक्रमित
झोलुंङ्गे पुल नहुँदा स्थानीयलाई सास्ती
संखुवासभामा थप ३६ जनामा संक्रमण पुष्टि