कमल थापाका अगाडी राजेन्द्र लिङ्देनले भक्कानिएर भने–हामी हारेका छौं, ढलेका छैनौं (भिडियो सहित)


राजु पौडेल
झापा, पुस १ । झापाको बिर्तामोडमा शनिबार झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरिएको थियो । लिङ्देनलाई बधाई तथा शुभकामना दिन राप्रपाका अध्यक्ष कमल थापाको समेत उपस्थिती थिए । कार्यक्रमको उद्घोषक रहेका राप्रपाका झापा जिल्ला सचिव केशव ओझाले जब नवनिर्वाचित महामन्त्री लिङ्देनलाई मन्तव्यका लागी पोडियममा बोलाए, अनि लिङ्गदेन त्यसतर्फ लागे । सबैलाई सम्बोधन गरिसकेपछि लिङ्गदेन मन्तव्यको सुरुवातमै भावुक बने, ‘जसले आफु हार्न तयार रहेर पनि मेरो जितलाई शुनिश्चित बनाउनुभयो’ पार्टी अध्यक्ष थापालाई इंकित गर्दै लिङ्देन भक्कानिए, ‘धेरै साथीहरुलाई थाहा छैन, म आभार व्यक्त गर्न चाहान्छु, बस् !’ (भिडियोमा हेनुहोस्)

                         

यति भनेर लिङ्गदेनले स्वासको गति बढाएर भने, ‘फेरि पनि तपाईको नेतृत्वमा यो पार्टी अघि बढ्छ ।’ सभामा उपस्थित प्रायः सबैले ताली बरर बजाए, केही बेर लिङ्गदेन रोकिए र आखाँभरि आसु टिलपिल पारेका लिङ्देनले भने, ‘हामी हारेका छौं, ढलेका छैनौं ।’ शनिबार दिउँसो बिर्तामोडको अग्रसेन भवनमा राप्रपाका महामन्त्री लिङ्गदेनले यसरी आफ्नो मन्तव्य राखिरहदा माहोल एकाएक भावुक बनेको थियो । जहाँ नवनिर्वाचित लिङ्गदेनले आफुलाई विजयी गराउने मतदाता, शुभेच्छुक, पार्टीका नेता, कार्यकता र वामगठबन्धनलाई धन्यवाद दिए । आफुलाई जनताले दिएको जिम्मेवारी विनाभेदभाव पुरा गरि छाड्ने वचन व्यक्त गरे ।

अकल्पनीय र निराशाजन हार : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनमा पार्टीले अकल्पनीय र निराशाजन हार व्यर्होनु परेको बताएका छन् । पाटी अध्यक्षको नाताले चुनाव हारको नैतिक जिम्मेवारी लिदै अध्यक्ष थापाले हारको कारण बारे अध्ययन भइरहेको बताए ।
झापाको बिर्तामोडमा शनिबार झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष थापाले आफुले चुनाव हारेको भन्दा पनि पार्टीले अनपेक्षित हार व्यहोरेको पिडा बढी भएको भन्दै हार्नुका कारणबारे गम्भिर अध्ययन र अनुसन्धान गर्ने बताए । हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुखद् भएको उनको भनाई थियो । गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोलेका थापाले अब राप्रपाले सडक र सदनमा जिम्मेवारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने मात्रै बताए । ‘यो चुनाव सकिएपछि देशमा शान्ति र स्थायित्व कायम हुन्छ भन्ने जनताको अपेक्षा छ’ थापाले भने, ‘राप्रपा संसद र सडकमा जिम्मेवार प्रतिपक्षीको रुपमा रहनेछ ।’
उनले झापाबाट राजेन्द्र लिङ्गदेन विजयी बनेर पार्टीकै शाख जोगाएको प्रति गर्व गरे । लिङ्गदेनले संसदमा पार्टीबाट प्रतिनिधित्व गर्दा सबै पार्टीको ध्यान केन्द्रित हुने गरी प्रस्तुत हुने विश्वास समेत थापाले गरे । उनले समानुपातिकबाट प्रदेश सभामा राप्रपाले पाउने केही सिट पनि झापाका पार्टी नेतालाई नै दिने बताए । राप्रपाले चुनाव लड्न देशभर लोकतान्त्रिक गठबन्धनसँग गठबन्धन गरेको भएपनि झापामा भने बामगठबन्धनको साथ पाएर राप्रपाका महामन्त्री लिङ्गदेन निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने