प्रहरीको हिरासतबाटै थुनुवा फरार


झापा, कार्तिक १८ । प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए । पेट दुखेर सिकिस्त भएका माझी आकस्मिक कक्षको शौचालयको भेन्टिलेशनबाट ८ः४५ बजे फरार भएको प्रहरीले जनाएको छ ।
अस्पताल जाने बित्तिकै उनी शौचालय गएका थिए । माझीले शौचालयको चुकुल लगाई धारा खोलेर भेन्टिलेशनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए । फरार माझीको खोजी कार्य भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो
विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत
सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस
भूकम्पमा भत्केको ६ वर्षपछि ठडियो ‘आधुनिक धरहरा’, आज उद्घाटन गरिँदै