मृतकको परिवारलाई मलेसिया बाट आर्थिक सहयोग


मलेसिया , मंसिर २६ । कन्चनपुर विलौरी नगरपालिका का नन्द लाल राना विगत सात वर्ष अघि मनमा अनेकौ सपना बोकेर ति सपना लाई विपनामा तुल्याउन मलेसिया छिरेका थिए तर उनको सपना विपनामा परिणत नहुँदै केही महिना अघि उनको डेङ्गु रोगका कारण मलेसियामा नै ज्यान गयो । उनका  सपना त पुरा भएन नै घरको आर्थिक अवस्था पनि कमजोर भएकाले परिवारमा समस्या बढेर गयाे ।

मृतक राना

उनको घरको आर्थिक अवस्था पनि कमजोर भएका ले उनका परिवार लाई केहि सहयोग होस भनि सुदुुर पश्चिम सेवा समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष चक्र मल्ल र एन आर एन मलेसियाका युवा कोअडिनेर्टर ज्ञानेन्द्र सिघंको पहलमा ६७,४५० रुपियाँ सहयोग रकम प्रदान गरिएको छ । उक्त रकम मृतकका भतिज विश्राम राना लाई हस्तान्तरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु