साहित्य/विविध
घण्टाघर र कुल देवता

उज्ज्वल प्रसाई यो निर्जन टापु होइन, सहर हो । त्यसैले वरिपरि मान्छेछन् । छन् दुःखहरू । त्यसो त खुसीका क्षणहरू पनिनभएका होइनन् । हरेक दुःखका सीमा होलान् । तर, सुखका सीमितताबारे मान्छे बढ्ता जानकार छन् ।विश्वासका झिना त्यान्द्राहरू छन् । ती कहिले च्वाट्टचुँडिन्छन् । चुँडिएका त्यान्द्रा हावामा कति दिनसम्म त्यसैतैरिइरहन्छन् । त्यस्ता अधुरा त्यान्द्रा कुनै बेला नयाँसम्बन्धमा पुगेर जोडिन्छन् पनि । अविश्वासको धारमापरेर जुनसुकै बेला ती फेरि चुँडिन सक्छन् । पूरैरोडम्याप पहिल्यै कोरेर कुनै सम्बन्ध बनेको हुँदैन ।जिन्दगीको गुगल म्याप बनाउने कोसिसमा ज्योतिषीकहाँ धाउनेहरू आफैंमाथि विश्वास नभएका दुःखीहरू हुन् । सहरमा यस्तादुखियाहरूको कमी छैन । सहरमा घण्टाघर छ । घण्टाघरले आफ्नो घण्टे घडी बजाइरहेकै होला । कोलाहल बढेपछि सहरमा त्यसको आवाज कतै नपुगी नैबिलाउन थालेको छ । एकथरी मानिस घण्टी सुन्ने अभिलाषा बोकेरै बसेका छन् । तर, न उनीहरू कोलाहल घटाउने साहस गर्छन्न घण्टाघरको भोल्युम बढाउने चेष्टा नै । घण्टीको आवाज नसुनिएकामा तिनले गरेको बिलौनाले सहरमा थप कोलाहल बढेको भनेपत्तो पाउँदैनन् । अस्ति भर्खरकै घटना त हो, कसैले चाहेर पनि नजिकै रहेको नारायणहिटीमा फेरिन लागेको समयको पूर्व सूचनाघण्टाघरले पुर्‍याउन सकेन । आजकल त्रिचन्द्र कलेजको आँगनमा छरिने घण्टीको आवाज ‘डिस्टोर्टेड’ छ भन्छन् बुझक्कडतन्नेरीहरू । मण्डला बुक प्वाइन्टमा भेटिएका एक युवा कवि भन्दै थिए, ‘मध्यरातको नीरवतामा पनि घण्टाघर सुनिँदैन आजकल ।’ कसैले घण्टाघरमा अलार्म घण्टी सेट गरेको छ कि छैन ? यदि त्यस्तो आशामा कोही बसिरहेको भए उसलाई लागेको हुनुपर्छ, एकदिन त्यो घण्टी सबै कोलाहल चिरेर बज्नेछ